सुन प्रकरणः सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने सीआइबीको तयारी

बकैया दर्पण संवाददाता
२६ भाद्र २०८०, मंगलवार १२:१९

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हङकङबाट आएको ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ ।

पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्यादका कारण सीआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको हो ।

विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि पक्राउ परेकाहरुलाई हिरासतमा राखेको मंगलबार ५६ दिन पुगेको छ । पक्राउ गरेको ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । जस अनुसार यही भदौ ३० गतेभित्र मुद्दा दर्ता गर्नुपर्ने हुन्छ ।

सो प्रकरणमा चिनियाँ, भारतीय र नेपाली गरी ३० जना प्रहरी हिरासतमा रहेका छन् । तर, विद्युतीय चुरोट (भेप) माफर्त ल्याइएको ९ किलो सुनको मुद्दा भने प्रहरीले छुट्टै लैजाने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*