भारतले प्याजमा कर लगाएपछि आयात रोकियो, रित्तिए कालीमाटीका गोदाम

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १३:२३

मकवानपुर । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

आयात रोकिएपछि कालिमाटीलगायतका मुख्य बजारमा प्याज अभाव भएको छ । भदौ ११ गते भारतले आफ्नो मुलुकबाट निर्यात हुने प्याजमा ४० प्रतिशत भन्सार महशुल लगाउने निर्णय गरेको थियो ।

त्यसयता शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भए पनि सोमबारदेखि भने आयात र बिक्री नै ठप्प भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा भएका सबै पसलमा प्याज सकिएको बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘बजारमा ८० वटा आलु प्याजका पसल छन्’, श्रेष्ठले भने ‘सबै पसलमा प्याज सकिएको छ । प्याज नभएपछि मूल्य तोक्ने कुरै भएन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*