भारतमा श्रीमानद्वारा अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या

बकैया दर्पण संवाददाता
३२ श्रावण २०८०, बिहीबार १३:३१

भारतको विहार राज्यको खगरियामा एक श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँ मफ्सिल थाना क्षेत्रको हर्दाचक गाउँमा बुधबार एक युवकले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् ।

सुमन कुमार नामका व्यक्तिले आफ्नो श्रीमती पूजाको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि शवलाई बोरामा राखेर मोटरसाइकलमा राखेर कतै लगेर लुकाएको सीसी क्यामरामा देखिएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । अनुसन्धानपछि प्रहरीले सुमनलाई पक्राउ गरेको छ ।
पूजाको सन् २०२० मा सुमन कुमारसँग विवाह भएको प्रहरीले जनाएको छ । विवाहपछि उनको सन्तान पनि भयो ।

सुमन कुमार अर्को राज्यमा काम गर्दथे । उनको एक महिलासँग अवैध सम्बन्ध भएको थाहा भएपछि श्रीमान श्रीमतीबीच झगडा सुरु हुन् थालेको थियो । सुमनले आफ्नो अवैध सम्बन्ध लुकाउन श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*