भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ : नेपालमा पनि बढ्ने, ग्यासको मूल्य भने १०० रुपैयाँले घट्ने

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १७:२२

बकैया । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर पठाएको छ । आइओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ ।

नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ । तर, ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिव १०० रुपैयाँले घटेर आएको छ ।

भारतबाट आएको सूचीअनुसार नै पेट्रोल र डिजेलको मूल्य अब नेपालमा पनि स्वचालित प्रणालीबाट समायोजन हुनेछ । यसका आधारमा पेट्रोल र डिजेलको भाउ बढेता पनि ग्यासको मूल्य भने पनि घट्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*