गत वर्षमा ३५०० किलो सुन आयात हुँदा ४५ अर्ब भन्दा बढी कोष बाहिरियो

बकैया दर्पण संवाददाता
८ श्रावण २०८०, सोमबार १५:५८

मकवानपुर । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब ७ करोड १ लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रुपैयाँको सुन आयात गरेको छ ।

यस्तै, सोही समयमा टर्कीबाट दुई अर्ब ७२ करोड ८१ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सुन नेपालमा आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँको सुन आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक अर्ब ३९ करोड १३ लाख ४१ हजार रुपैयाँ बढीको सुन आयात भएको विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*