रेडि ट्रेडले ब्रेक सु स–सँगै दारी काट्ने मेसिन पनि पटक–पटक ल्याएको

बकैया दर्पण संवाददाता
५ श्रावण २०८०, शुक्रबार १५:०८

मकवानपुर । साउन ३ गते हङकङबाट त्रिभुवन विमानस्थल भित्रिएको करिब १ क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गर्यो ।

सो सुन ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको थियो । ‘ब्रेक सु’ आयात गर्ने कम्पनी थियो रेडि ट्रेड प्रा।लि । सो कम्पनीका मालिक थिए दिलिप भुजेल ।

दोलखाका भुजेलको एकल स्वामित्वमा रहेको रेडि ट्रेड प्रालिले यस अघि पनि ब्रेक सु सँगै दारी काट्ने मेसिन पटक(पटक ल्याएको देखिन्छ । कम्पनी दर्ता भएयता २८ पटक आयात गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिका प्रसाद खनालले जानकारी दिए ।

खनालका अनुसार १५ पटक ब्रेक प्याड, १२ पटक सेभर र एक पटक मेकानिकल मोटर रेडि ट्रेडले आयात गरेको छ । १५ पटकमा कहिले ४० सेट, कहिले ८० सेट र कहिले ६० सेट गरी ६ सय २० सेट ब्रेक प्याड ल्याएको देखिन्छ । एकपटक भने १२० सेट ब्रेक प्याड ल्याएको छ । ब्रेक प्याड पहिलो पटक जेठ १० गते आयात गरेको छ । त्यतिबेला ४० थान ब्रेक प्याड भित्र्याएको थियो ।

यस्तै १२ पटकमा २६ सय थान दारी काट्ने मेसिन भित्रिएको देखिन्छ । पहिलो पटक २०८० जेठ २३ गते ४ सय थान दारी काट्ने मोसिन ल्याएको थियो । त्यसयता सो कम्पनी मार्फत १३ पटक सामान भित्रियो । जसमा एकपटक मात्र मेकानिकल मोटर आयात भएको थियो ।

रेडि ट्रेडले दाह्री काट्ने मेसिन (सेभर) चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट सामान आयात गरेको रेकर्डमा देखिएको छ । यस्तै तालमुड कम्पनी ताइवानबाट पनि मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड भने जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट आयात भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालय अनुसार दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी २०७९ चैत १९ गतेमात्रै दर्ता भएको थियो । कम्पनीको उदेश्य विदेशबाट सामान आयात गर्ने उल्लेख छ । बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखेर कम्पनी दर्ता भएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*