पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको गर्ने

बकैया दर्पण संवाददाता
१७ असार २०८०, आईतवार १२:४९

मकवानपुर । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलनको गर्ने तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीलाई अप्ठेरो पार्ने गरी कर नीति बनाएको भन्दै व्यवसायीले शनिबार हेटौंडामा भएको जिल्ला भेलामा सो कुराको जानकारी गराएको हो ।

उनीहरुले २०७६/०७७ को बजेट वक्तव्यमा भएको व्यवस्थालाई गलत अर्थ लगाएर अहिले व्यवसायीसँग पुरानो करको बक्यौता भनेर राजस्व कार्यालयले उठाउन खोजिरहेको आरोप लगाए ।

नारायणी पेट्रोलियम विक्रेता संघ अध्यक्ष उत्सव इटेनीका अनुसार व्यवसायीलाई अहिले राज्यले भ्याटमा जान बाध्य बनाएपनि पुरानो करको विषयलाई अनावश्यक व्याख्या गरेर दुःख दिन लागेको बताए ।

जिल्ला राजस्व कार्यालय, व्यवसायी र नेपाल आयल निगमको कर्मचारीवीच समस्या समाधानको विषयमा तत्काल छलफल अगाडि बढाउने र माग पूरा नभएर आन्दोलन गर्ने गरी भेला सम्पन्न भएको अध्यक्ष इटेनीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*