अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गयो

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७९, मंगलवार ०९:४८

मकवानपुर । अमेरिकाको केन्टकी शहरको एक बैंकमा गोली चल्दा पाँच जनाको ज्यान गएको छ । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाउँदा पाँच जनाको ज्यान गएको हो ।उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली लागेर चार जनाको ज्यान गएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ ।

गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*