फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गयाे

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार ०९:४०

मकवानपुर  । फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् भने दुई जना बेपत्ता छन् । फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोन्ट ब्लकमा रहेको हिमशृङ्खला आरोहणका क्रममा हिमपहिरो गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाएका चार जनामध्ये दुई जना माउण्टेन गाइड रहेका फ्रान्सका गृहमन्त्री गेरलाड डर्मिनिनलाई उदृत गर्दै खबरमा उल्लेख छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।  हिमपहिरोमा हराएका दुई जनाको खोजी भइरहेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपहिरो गएको दिन हिजो त्यहाँ धेरैजसो पर्वतारोहणका लागि पुगेका थिए । यो सिजनमा त्यहाँ पर्यटकको चहलपहल बढ्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*