नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको ज्यान गयाे

बकैया दर्पण संवाददाता
२५ चैत्र २०७९, शनिबार ०९:२५

मकवानपुर ।  नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ ।

बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने  बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ ।

उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भने खुलेकाे छैन । गाेठालाहरुले गाईबस्तु चराएर आफ्नाे खेतीयोग्य जमिन नष्ट गरेको आरोप किसानहरूले लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*