हेटौंडामा चैत्र २ गतेदेखि ६ गतेसम्म सूचना प्रविधि मेला हुने

बकैया दर्पण संवाददाता
१८ फाल्गुन २०७९, बिहीबार १८:०५

मकवानपुर । हेटौंडामा पाँच दिने सूचना प्रविधि मेला हुने भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा हुने भएको हो ।

मेला आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने भएको मेलाका संयोजक तथा बागमती प्रदेश अध्यक्ष पुष्पराज पुडासैनीले बताए । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्र्र्र्र्र्रदर्शनी तथा बिक्री स्टल रहने जनाएको छ । मेलामा कुल ४० वटा स्टल रहनेछ ।

कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ । यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत संचालन हुने जनाएको छ ।

मेलामा रोबार्ट र पब्जी प्रतियोगिताको आयोजना हुनेछ । गेममा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता हुने जनाइएको छ । रोबार्ट र पब्जी दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*