हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज शान्तिश्री परियार र सुजील कर्माचार्य आउने

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार ०९:२३

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्य आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा परियार र कर्माचार्यको साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवमा हेटौंडा आइडल लगायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न प्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्थागरिएको आयोजक जनाएको छ । शनिबार आइडलबाट विजय लामा र आवाज सुनार बाहिरेका छन् ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*