आज हेटौंडा मेलामा चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने

बकैया दर्पण संवाददाता
१९ माघ २०७९, बिहीबार १०:०८

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज चर्चित गायिका प्रिति आले , गायक कृष्ण काफ्ले, हेमन्त शर्मा आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज आले, काफ्ले, शर्माले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् ।

यसअघि बुधबार गायक गायक युवराज चौलागाईं, विश्व नेपाली र गायिका शीलु भट्टराई, कमेडियन सुदीप थापाले लगायत स्थानीय कलाकरले बजोड प्रस्तुती दिएका थिए ।यस्तै, शुक्रबार कर्मा व्याण्डले आफ्नो प्रस्तुती दिने भएका छन् । युवा पुस्ता चर्चित रहेको व्याण्डले महोत्सवमा सांगीतिक प्रस्तुती दिने भएको हो । सोही दिनमा नस राज र ऋतु कंडेलको पनि प्रस्तुती रहने जनाइएको छ ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*