आज हेटौंडा मेलामा खेम सेन्चुरी ,अस्मिता अधिकारी र प्रकाश सपुत आउने

बकैया दर्पण संवाददाता
१७ माघ २०७९, मंगलवार ०८:५७

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज अस्मिता अधिकारी, खेम सेन्चुरी र कमेडियन प्रभात लामाले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् । यस्तै, आज हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका लागि चर्चित गायक प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुती रहनुका साथै स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहने जनाइएको छ ।

यसअघि सोमबार गायक बाल गायक अशोक दर्जी र संगीतकार तथा गायक टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, कलाकार सुलेमान शंकर (ईकु) र बेली डान्सर अस्मिता पुरीले बजोड प्रस्तुती दिएका थिए ।

माघ २३ गतेसम्म संचालन हुने मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु मेलामा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*