हेटौंडामा भइरहेको १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज राजा राजेन्द्र, टिका प्रसाई र किरण भुजेल आउने

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १३:५०

मकवानपुर । हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ अन्तरगत आज शनिबार कमेडियन राजा राजेन्द्र पोखरेल, गायिका टिका प्रसाई र गायक किरण भुजेल आउने भएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेदेखि जारी मेलामा आज राजा राजेन्द्र, टिका प्रसाई र किरण भुजेलले आफ्नो धमकेदार प्रस्तुती दिने भएका हुन् ।

त्यस्तै, डान्सर रिना थापाले आफ्नो नृत्य प्रस्तुत गरिएको आयोजकले जनाएको छ । शुक्रबार कमेडियन सुमन कोइराला दले दाई र लोकगायक पशुपति शर्मा, बाल गायक सुप्रिम मल्ल र आयुसा गौतमले बजोड प्रस्तुती दिएका थिए । १५ गते आइतबार भने गायक रमेशराज भट्टराई, मञ्जु पौडेल र कमेडियन सिता न्यौपानेको प्रस्तुती रहनेछ । साथै स्थानीय कलाकारहरुको समेत आफ्नो कला प्रस्तुती रहने जनाइएको छ ।

मेलामा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु रहेका छन् । आज शनिबार महोत्सवमा हेटौंडा अस्पतालका डाक्टरहरुद्धारा निःशुल्क स्वास्थ्य परीक्षण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*