बागमती प्रदेश प्रमुख शर्माले हेटौंडामा भइरहेको १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवलोकन गर्ने

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार ०९:४७

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले अवलोकन गर्ने भएका छन् ।प्रदेश प्रमुख शर्माले शुक्रबार दिउँसो महोत्सवको अवलोकन तथा महोत्सवलाई सम्बोधन गर्ने संघका महासचिव दीपक उप्रेतीले जानकारी दिए ।

माघ ११ गतेबाट सुरु भएको मेला माघ २३ गतेसम्म संचालन हुनेछ । मेलामा महोत्सवमा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*