हेटौंडामा ल्होसार विशेष साँस्कृतिक महोत्सव

बकैया दर्पण संवाददाता
८ माघ २०७९, आईतवार २०:३८

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज ल्होसार विशेष साँस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा जिल्लाको विभिन्न संघसंथाको सहयोगमा ल्होसार साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

महोत्सवमा तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । महोत्सवमा तामाङ समुदायका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्सोल्लास मनाउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*