उत्पादनसँग जोडिएका कृषकको प्रचार गर्न कृषि मन्त्री मन्त्री हुमागाईंको आग्रह

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईंले उत्पादनसँग जोडिएका कृषकहरुको प्रचार गरिनुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा कृषि पत्रकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनसँग जोडिएका कृषकहरुको प्रचारप्रसार गर्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभएको...

नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम आजबाट हेटौंडामा सुरु

मकवानपुर । हेटौंडामा आजदेखि नमुना प्रदेश युवा अभ्यास कार्यक्रम सुरु भएको छ । उक्त नमुना कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको हो । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागिता रहेका छन् । कार्यक्रमको...

प्राकृतिक विपत्तिका घटनाको पूर्व सूचनासम्बन्धी टास्क फोर्स गठन

काठमाडौं । जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका प्रतिनिधि सम्मिलित पूर्व सूचनासम्बन्धी विषयगत समिति गठन भएको छ । मनसुन शुरु भइसकेको र वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक विपद्का घटनाहरू हुने भएकोले जोखिम न्यूनिकरणका लागि...

बाढी र पहिरोले प्रमुख राजमार्गहरु अवरुद्ध

मकवानपुर । मंगलबारदेखि भईरहेको अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका र...

नवलपुरको मध्यविन्दूमा बाढीले डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले नवलपुरको मध्य विन्दू र विनयी त्रिवेणीमा डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड मंगलबार रातिदेखि अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रको सडक खण्डका तीन वटा डाइभर्सन बाढी बगाएपछि राजमार्ग...

जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बेथखोल्सीको पार्कमा वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री...

देशभर तीन दिन वर्षा हुने,केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

आज मंगलबारदेखि मनसुन थप सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको...

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरमा आयो

करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको छ । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो...

शरीर बन्धक बनाई पैसा माग गर्ने हेटौंडाका तीन युवक पक्राउ

मकवानपुर । शरीर बन्धक बनाई पैसा माग गरेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको आरोपमा...

असार ९ बाट ५ देखि १२ वर्षका बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाइने

मकवानपुर । मकवानपुरमा यही असार ९ गते बिहीबारबाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । जिल्लाका ५ वर्ष पूरा भई १२ वर्ष ननाघेका बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको स्वास्थ्य...