राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद सम्पन्न

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद आज हेटौंडामा सम्पन्न भएको छ । संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा सदस्य लक्ष्मी गजुरेलको विशेष आतिथ्यता रहेको कार्यक्रमलाई जिल्ला अध्यक्ष श्रीराम दाहालले अध्यक्षता गर्नुभएको...

मकवानपुरको मनहरीका १८ जना प्रध्यानाध्यापकले दिए सामूहिक राजीनामा

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका प्राथमिक विद्यालयका शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । मनहरी गाउँपालिका भित्रका १८ वटा प्राथमिक बिद्यालयमा प्रधानध्यापकहरुले लिखित रुपमा संयुक्त राजिनामा दिएका हुन् । गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले पटक पटकको औपचारिक कार्यक्रममा प्रधानध्यापकहरुको सरुवा...

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

मकवानपुर । पर्सि साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको...

अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

मकवानपुर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ । यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ । विराटनगरस्थित...

किसानलाई उपकरण हस्तान्तरण गर्दै हेटौंडा ३ वडा कार्यालय

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले गाउँमा रहेका कृषक समुहलाई व्यवसायीक कृषि तर्फ आक्रषण गर्न उपकरणहरु हस्तान्तरण गरेको छ । कार्यालयले वडामा रहेका ५ वटा कृषक समुहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३...

२ वर्षीया नातिको मृत्यु बाजेको कुटाइबाट

मकवानपुर । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका– ६, मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति रेशम साउदको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

संसदलाई लम्पीस्किन रोगबारे जानकारी गराउन सभामुखको रुलिङ

मकवानपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गरेपछि सभामुख घिमिरेले उक्त...

काठमाडौं देखि भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइयो

मकवानपुर । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५...

काठमाडौंमा अमेरिकी सहायकमन्त्री लू

मकवानपुर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन विमानस्थल ओर्लिएका हुन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् हो...

निर्माण व्यवसायीहरू अर्थमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

मकवानपुर । नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् । उनीहरुले निर्माण व्यवसायीहरुले गरेको...