काठमाडौं देखि भद्रपुर उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइयो

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १५:११

मकवानपुर । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको उनले जनाए ।

फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको प्रवक्ता सिटौलाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*