किसानलाई उपकरण हस्तान्तरण गर्दै हेटौंडा ३ वडा कार्यालय
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले गाउँमा रहेका कृषक समुहलाई व्यवसायीक कृषि तर्फ आक्रषण गर्न उपकरणहरु हस्तान्तरण गरेको छ ।
कार्यालयले वडामा रहेका ५ वटा कृषक समुहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरीएको कृषक समुहलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेका हुन् ।
मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उपकरणको प्रयोगबाट व्यवसायी खेती तर्फ लाग्न मद्दत पुग्ने बताइन् । उनले उपमहानगरपालिकाले किसानहरुका लागि बिभन्न चरणमा लगानी गरिरहेको भन्दै व्यवसायी कृषिका लागि समुह बनाएर काम गरे सहयोगका लागि तयार रहेको बताइन् ।
वडा कार्यालयको बजेटबाट खरिद गरीएको हाते ट्रयाक्टरको प्रति गोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपियाँ परेको वडा सचिब महेन्द्र चापागाईले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापा, टोल विकास सस्था वडा समन्वय समितिका संयोजक रोशन गोले र वडामा गठन गरीएको ५ वटा कृषक समुहका अध्यक्ष तथा पदाधिकारीहरु सहभागि थिए ।