२ वर्षीया नातिको मृत्यु बाजेको कुटाइबाट

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १५:४२

मकवानपुर । बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका– ६, मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति रेशम साउदको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मानसिक सन्तुलन ठिक नभएका आफ्नै बाजे गणेशको कुटाइबाट रेशम गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका उनका दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते छन् । उनको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*