बकैया दर्पणमा आजका महत्वपूर्ण १० खबरहरु

१. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने मकवानपुर । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्नुहुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका...

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ आज

मकवानपुर । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ...

प्रधानमन्त्री दाहाल गृहनगर चितवनमा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आएका हुन् । हीरक महोत्सवमा सहभागी...

महामन्त्रीद्वय गगन-विश्वप्रकाशद्वारा सात प्रतिबद्धता सार्वजनिक

मकवानपुर । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’...

पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

मकवानपुर । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको...

बागमती प्रदेशसभाका सदस्यको शपथ आज

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुको शपथ आज हुँदैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । उनीहरुलाई प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । ज्येष्ठ सदस्य ढुंगानाले...

कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिए सँगै उनी दलको नेता चयन भएका हुन् ।...

रामसहायप्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध चयन

मकवानपुर । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय पार्टी अध्यक्ष उपेन्द्र...

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने...

देउवाद्वारा पार्टी संकटमा परेको आरोप, विशेष महाधिवेशनको माग

मकवानपुर । नेपाली कांग्रेसभित्रका असन्तुष्ट नेताहरुले सभापति शेरबहादुर देउवाका कारण पार्टी गम्भीर संकटमा फस्ने दिशातर्फ अग्रसर रहेका निष्कर्ष निकालेका छन् । देउवाकै कारण पार्टीले सत्ता गुमाउने अवस्था आएको र विगतदेखि नै पार्टीभित्र विभेदकारी नीति लिइँदा समस्या थपिँदै गएको उनीहरुको...