तल्लो अरुण र पेट्रोलियम पाइपलाइन लगायतका ७ सम्झौतामा हस्ताक्षर

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १४:१७

मकवानपुर । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ।

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी मोदी उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

जसमा मुख्यस् दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको हो । उक्त समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।

यसैगरी, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*