शुक्रबार एमाले केन्द्रीय सचिवालयको बैठक बस्ने

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १३:०५

मकवानपुर । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बस्नेगरी सचिवालय बैठक बोलाउनु भएको छ । शुक्रबार बिहान ११ बजे बैठक बस्नेछ । ’ बैठक ललितपुरको च्यासदस्थित पार्टी केन्द्रीय कार्यालय कार्यालयमा बस्नेछ ।

सचिवालय बैठकमा देशको समसामयिक राजनीति,सरकारले ल्याएको बजेट,पार्टीको आन्तरिक राजनीति लगायका बिषयमा पनि छलफल हुनेछ । नेकपा एमालेले २०८० सालमा पार्टीको संगठन बिस्तार र सुदृढीकरण गर्ने र त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउने योजना अघि सारेको छ । बैठकमा त्यही कार्यविभाजनका बिषयमा र नेताहरुलाई बिभिन्न क्षेत्रमा खटाउने विषयमा छलफल हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*