आज पनि प्रतिनिधिसभामा विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम

बकैया दर्पण संवाददाता
११ असार २०८०, सोमबार १०:३३

मकवानपुर । प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । सोमबारको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

बैठकमा सोमबार आठ जना मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रो तथा सिँचाइ, खानेपानी र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

आइतबारको बैठकमा मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीहरुले जवाफ दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*