प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार १३:०२

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज)भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत जानु भएको हो ।

दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि उहाँहरुले पत्रकार सम्मेलन गरेर समबोधन गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल आजै बिहान महात्मा गान्धीको समाधीस्थलमा पुग्नुभएको थियो ।महात्मा गान्धीको समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*