भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याइने प्रधानमन्त्रीको प्रतिवद्धता
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारका मुद्दामा आफू गम्भीर ढंगले लागेको र त्यसलाई निचोडमा पुर्याईछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियानकर्तासँगको भेटमा उहाँले भ्रष्टचारमा संलग्न जोसुकै भएपनि अनुसन्धानको दायरामा ल्याउने...
राष्ट्रियसभाको बैठक आज बस्दै
मकवानपुर । आइतबार राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको...
संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता
मकवानपुर । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप...
ललिता निवास प्रकरणमा सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्दै
मकवानपुर । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ३ सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदैछ । जसमा ४ पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन । हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आइतबार...
कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने
मकवानपुर । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ। नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय...
एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने, नेपाल र भुसालको प्रतिवेदन परिमार्जनसहित पारित
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । भदौ ५ गते शुरु भएर हिजो अबेर सकिएको बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने...
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
मकवानपुर । संसदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले पटक पटक दलहरूलाई आग्रह गर्दा पनि चासो नदेखाएपछि निर्वाचन तय भएको हो । सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते...
आजपनि बस्दै प्रतिनिधि सभाको बैठक
मकवानपुर । संघीय संसदअन्तर्गत बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ । बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रत्विेदन २०७८/०७९...
मन्त्रिपरिषदद्वारा प्रधानमन्त्री दाहालको न्यूयोर्क भ्रमण स्वीकृत
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को न्यूयोर्क भ्रमण बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन्। मन्त्रिपरिषदको बैठकले...
पूर्वउपप्रधानमन्त्रीसहित २३८ विरुद्ध मुद्दा चलाउन राय
मकवानपुर । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित २ सय ३८ जनाविरुद्ध १८ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा...










