राष्ट्रियसभाको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार ११:२३

मकवानपुर । आइतबार राष्ट्रियसभा बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

बाधा अड्काऊ फुकाऊ आदेश पेश गर्ने सिलसिलामा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नुहुनेछ ।

साथै विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानूनहरूको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*