आफुलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको अध्यक्ष ओलीको दावी
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको टिप्पणी गर्नु भएको छ । ‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई...
देश बनाउने एजेण्डा लिएर नयाँ दल आए छोड्न तयार भएको प्रधानमन्त्रीको भनाई
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताउनुभयो । सोमबार...
कोशी प्रदेशको विषय पनि टुंग्याउने गरी सत्ता गठबन्धनको बैठक बस्दै
मकवानपुर । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक दिउँसो चार बजेका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयहरू जनमत पार्टीलाई सरकारमा ल्याउने तथा कोशी प्रदेशमा...
कोशीमा नयाँ सरकार गठनको लागि आह्वान
मकवानपुर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले ५ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । उहाँले संविधानको धारा १६८ (२) अनुसार दुई...
राष्ट्रियसभाको बैठक आज बस्दै
मकवानपुर । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा...
ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी
मकवानपुर। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो ।...
कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी
मकवानपुर । कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गर्नुहुने भएको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गर्नुभएको छ । प्रदेश प्रमुखले आइतबार...
मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाउनु भएको छ । मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । नेकपा एमाले र राप्रपाले...
कोशी प्रदेशका मुख्यमन्त्रीद्धारा आफूलाई विश्वासको मत दिन आग्रह
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । विश्वासको मत लिनुअघि शुक्रबारको प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गर्नुभएको हो । कोशी प्रदेशका मुख्यमन्त्रीले...
पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदै
मकवानपुर । देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन । गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण कोशीका मूख्यमन्त्री भने भेलामा सहभागी नुहने हुनुभएको छ ।...








