पोखरामा आज मुख्यमन्त्रीहरुको भेला हुँदै

बकैया दर्पण संवाददाता
१५ असार २०८०, शुक्रबार ११:५३

गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण कोशीका मूख्यमन्त्री भने भेलामा सहभागी नुहने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरुको भेला उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र अप्ठेराबारे प्रमुख सचिवहरुको प्रस्तुति रहने छ । मुख्यमन्त्रीहरुको भेलाले प्रदेशका समस्या र संघ सरकारले सम्वोधन गर्नुपर्ने, तत्काल कानुन बनाइदिनुपर्ने तथा स्थानीय तहले सहजीकरण गर्नुपर्ने विषयको निक्र्योल गरेर प्रधानमन्त्री समक्ष पेश गर्ने छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार पोखरामै राष्ट्रिय समन्वय परिषदको बैठक बस्नेछ । राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*