प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार १९:०३

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले पुस २६ गते नै सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची सर्वदलीय बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोही बैठकमा सभामुखको निर्वाचनका लागि सूचना निकाल्ने कार्यसूची प्रस्तुत गर्ने भएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार, दलहरुका बीचमा सहमति भए प्रधानमन्त्रीले विश्वासको मत लिएकै दिन सभामुखको निर्वाचनको सूचना जारी हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*