बागमती प्रदेशसभा : सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार ११:१९

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुख चयनका लागि मिति घोषणा गरेसँगै निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो ।

बैठकले सभामुख चयनको लागि यही पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने घोषणा गरेको थियो । साथै उक्त बैठकले सभामुखको निर्वाचन कार्यक्रमको सूचना प्रकाशण गर्न प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिइएको थियो ।

सो बैठकबाट दिएको जिम्मेवारी अनुसार, सचिवालयका सचिव खड्काले सोमबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

प्रमुख सचिव खड्काले सार्वजनिक गरेको निर्वाचन कार्यतालिक अनुसार, सभामुख चयनको लागि पुस २८ गते बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको लागि, सोही दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*