पुस २४ गते नेपाल समाजवादी पार्टीको बैठक बस्ने

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार ०८:४५

मकवानपुर । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको बैठक यहपुस २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार, काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने र केही महत्वपूर्ण निर्णय गर्नेछन् ।

यस्तै, बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सहभागी हुने की नहुने भन्ने निर्णय पनि गर्ने उनले बताए ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल समाजवादी पार्टीका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*