स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

बकैया दर्पण संवाददाता
१९ पुष २०७९, मंगलवार ०८:२७

मकवानपुर । रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । साह सोमबार साँझ पार्टी प्रवेश गरेका हुन् ।

उनलाई बालकोटमा एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई पराजित गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*