राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन रास्वपाको निर्देशन

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १७:५१

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई पार्टीको कुनै पनि कार्यमा संलग्न नहुन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ ।

आम निर्वाचनको समयमा जिल्ला सभापति न्यौपानेले अन्य पार्टीका उम्मेद्वारसगँको संलग्नतामा आफ्नो उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिका बहुसंख्यक सदस्यहरुले दिएको उजुरीको आधारमा पार्टी केन्द्रीय समितिले उक्त निर्देशन दिएको हो ।

निर्वाचनको समयमा जिल्ला सभापतिको हैसियतमा गर्नुपर्ने क्रियाकलाप, गतिविधि तथा आचरणका विषयमा रास्वपाको जिल्लाका विभिन्न तहगत समितिका पदाधिकारी, उम्मेदवार तथा सदस्यहरुबाट विभिन्न किसिमका गुनासो, उजुरी तथा कारवाही सम्मका मागहरु आएको परिप्रेक्ष्यमा सो विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म आफ्नो पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन रास्वपा केन्द्रीय समितिले न्यौपानेको नाममा जारी गरेको निर्देशनमा भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*