प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १५:३४

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुरुप प्रधानमन्त्री प्रचण्डले विश्वानसको मत लिने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*