आज सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक बस्दै

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १५:२९

मकवानपुर । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

उनका अनुसार, प्रदेशसभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता ग्रहण गर्ने र बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेश सभाको बैठक आह्वान गरेको पत्र सुनाउने कार्य हुनेछ । बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने पनि बताइएको छ ।

यस्तै, आज बागमती प्रदेशसभा र लुम्बिनी प्रदेशसभाको पनि पहिलो बैठक बस्दैछ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभाका सांसदहरु पहिलो पटक बैठकमा उपस्थित हुन लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*