लुम्बिनी प्रदेश संसदीय दलको नेतामा नेपाली कांग्रेसका डिल्ली चौधरी चयन

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १५:२१

मकवानपुर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । आइतबार बिहान चौधरीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।

दाङ क्षेत्र नम्वर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन् ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा २९ सांसदसहित नेकपा एमाले पहिलो दल बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*