हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार १५:०१

मकवानपुर । कान्तिलोकपथ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ क्याम्पाडाँडास्थित शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय जय महत र २० वर्षीय रुपेश घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश २ ०३–००१ प ६२७८ नम्वरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री महत घाइते भएका हुन् । घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा परेर स्कुटर चालक घिमिरे गम्भीर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि गएराति नै चितवनको भरतपुरमा रिफर गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*