राक्सिराङका २०१ घर विपन्न चेपाङलाई कम्बल वितरण

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार ०९:२३

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का २०१ घर विपन्न चेपाङ परिवारलाई आइतबार कम्बल वितरण गरेको छ ।

सञ्जय साई सेवा अर्गनाइजेशन काठमाडौंले राक्सिराङ गाउँपालिकासँगको समन्वयमा जाडो मौसममा ओड्नेको अभावमा चिसोमा रात काट्न बाध्य चेपाङ समुदायलाई राहत होस् भनि प्रति परिवार एउटा कम्बल वितरण गरेको जनाएको छ ।

सञ्जय साई बाबाको ३५ औं दिव्य अवतार महोत्सवको अवसरमा उक्त कम्बल वितरण गरिएको हो । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार वाल्पासहित अर्गनाइजेशनका केशव अधिकारी, सीताराम रिमाल, रिता अधिकारीलगायतले परिवारलाई कम्बल वितरण गरेका थिए ।

सो क्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जाडोमा ओढ्ने कपडा नहुँदा कष्टकर जीवन बिताउन बाध्य विपन्न चेपाङ तथा तामाङ परिवारलाई विभिन्न संघसंस्थाको सहयोगमा कम्मल तथा न्यानो कपडा वितरण गरिने बताए । साथै उनले अर्गनाइजेशनको सहयोगले गाउँबासीले राहत पाएको भन्दै धन्यवाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*