गृहमन्त्री लामिछानेद्वारा सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक आह्वान

बकैया दर्पण संवाददाता
१८ पुष २०७९, सोमबार ०८:५५

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षा स्थितिको जानकारी लिन सिडिओ र जिल्लास्थित सुरक्षा प्रमुखको भर्चुअल बैठक आह्वान गरेका छन् । बैठक आज बिहान ९ बजे बस्ने गरी बोलाइएको गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

उनका अनुसार, बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् ।

बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*