मकवानपुर : भ्यान दुर्घटनामा १ जनाकाे ज्यान गयाे

अस्पताल जान्छु भनेर हिँडेका चालक सम्पर्कमा आएनन्
बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार १४:१२

मकवानपुर । मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका २ भैँसेमा रहेकाे कालीप्रसाद गण आर्मी ब्यारेक नजिकै पिकअप भ्यान दुर्घटना भएकाे हाे ।

दुर्घटनामा बाराकाे विश्रामपुर गाउँपालिका ३ का राहुलकुमार पण्डितकाे ज्यान गएकाे हाे । दुर्घटना घाइते भएका पण्डितलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।

आज आइतवार बिहान त्रिभुवन राजपथ सडक खण्डअन्तर्गत हेटौँडाबाट दामन जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर नालीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका गाडीका चालक फरार रहेका छन् । अस्पताल जान्छु भनेर हिँडेका गाडी चालक अहिलेसम्म सम्पर्कमा नरहेकोले खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*