लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ आज

बकैया दर्पण संवाददाता
१७ पुष २०७९, आईतवार ०९:१९

मकवानपुर । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो ।

प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने भएका हुन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर, लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् ।

पहिलो पटक स्थायी राजधानीमा गर्न लागिएको कार्यक्रमको सबै तयारी पूरा भएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा ८७ सदस्यहरु छन् । जसमा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४÷४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३÷३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एकरएक जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*