बागमती प्रदेशसभाका सदस्यको शपथ आज

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार ११:२५

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुको शपथ आज हुँदैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । उनीहरुलाई प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।

ज्येष्ठ सदस्य ढुंगानाले भने बुधबार नै बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट शपथ ग्रहण गरिसकेका छन् । प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन भनेको छ ।

सचिवालयले राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त प्रदेश सभा सदस्य पदको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साइजको ६ वटा फोटो ल्याउन भनेको छ ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, हाम्रो नेपाल पार्टी, नेमकिपा र राप्रपा गरी ७ वटा राजनीतिक दलका गरी १०९ जना सांसदहरु छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*