कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित

बकैया दर्पण संवाददाता
१४ पुष २०७९, बिहीबार ०५:५०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिए सँगै उनी दलको नेता चयन भएका हुन् ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचनमा होमिएका उनले बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई पराजित गरेका छन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेका थिए ।

बानियाँ यसअघिको सरकारमा पनि दलको नेता थिए। उनीहरू दुवैजना कांग्रेसको संस्थापन पक्षका नेता हुन्। ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*