१५ प्रतिशत वृद्धि भएको तलब नलिने मन्त्रीपरिषदको निर्णय

बकैया दर्पण संवाददाता
१२ पुष २०७९, मंगलवार ०९:५३

मकवानपुर । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री तथा मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९–८० को बजेटमा वृद्धि भएको कर्मचारीको तलब भत्ता प्रधानमन्त्री तथा मन्त्रीहरुले नलिने भएका हुन् ।

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार, उक्त निर्णय सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो । आर्थिक वर्ष ०७९-८० को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ ।

कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*