सरकार गठनको केन्द्रमा माओवादी

बकैया दर्पण संवाददाता
८ पुष २०७९, शुक्रबार १०:४९

मकवानपुर । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो ।

निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरूले पनि दाहाललाई भेटिसकेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाण, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरूले पनि दाहाललाई भेट्दै आएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले पनि दाहालसँग भेटघाट गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*