माओवादी केन्द्र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार १७:५९

मकवानपुर । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए ।

माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।

यस्तै, बैठकले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) लाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको सांसद किरातीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*