माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल (प्रचण्ड)

बकैया दर्पण संवाददाता
७ पुष २०७९, बिहीबार १७:५६

मकवानपुर । नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए ।

त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । यस्तै, दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन भएका छन् । तर, दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताएका छन् ।

सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ । नीयताको शपथ ग्रहण गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*